कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हैजा नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्छ : सांसद लामा

काठमाडौँ — नेकपा एमालेकी सांसद नवीना लामाले हैजा रोग न्यूनिकरण तथा नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

हैजा नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्छ : सांसद लामा

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनता त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन् ।

उनले काठमाडौंमा विशेषगरी बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै महंगीको बेलामा सामान्य जनताको सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन् । ‘अहिले विशेषगरी बच्चाहरुमा झाडापखाला, हैजा जस्ता रोग लागिरहेको छ । त्यो पनि काठमाडौंका बच्चाहरूमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ,' सांसद लामाले भनिन् ।

प्रकाशित : असार १३, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?