२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने सम्पदा मार्ग बनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ

काठमाडौँ — नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने सम्पदा मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । 

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने सम्पदा मार्ग बनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ

मन्त्रालयको पदभार ग्रहण गर्दै सोमबार मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताए ।

आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको उनको भनाइ थियो । ‘मैले दुईवटा निर्णयहरूमा हस्ताक्षर गरेको छु । एउटा उपत्यकाको सांस्कृतिक सम्पदाहरुको ठाउँको रुपमा चिनिन्छ । त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकहरूलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरू जोड्ने किसिमबाट ट्रेलहरु निर्माण गर्नको लागि अध्ययन गर्ने विषय छ । हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरू हुन्,' उनले भने, 'यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ । त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो । पर्यटक वृद्धिलाई उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? यस बारेमा विशेष पहल गर्नेछु ।’

मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : असार १३, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?