कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन उच्च बारमा एमाले र एकीकृत समाजवादीका वकिलको संयुक्त प्यानल 

काठमाडौँ — नेकपा एमाले र नेकपा एकीकृत समाजावादी निकट वकिलबीच उच्च अदालत बार एसोसिएसन पाटनमा संयुक्त प्यालन बनाउने सहमति भएको छ । उच्च अदालत बार एसोसिएसन पाटनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र समावजादी पेसागत कानुन व्यवसायी संगठन (एसपीएलए)ले संयुक्त प्यानल बनाउने आइतबार सहमति गरेका छन् । 

पाटन उच्च बारमा एमाले र एकीकृत समाजवादीका वकिलको संयुक्त प्यानल 

सहमतिअनुसार १९ सदस्यीय बारमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवार उठाउने भएको छ ।

चुनावी तालमेलका लागि पीपीएलएले शिव अर्याल र एपीएलएले मेजर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सहमतिमा 'सर्वोच्च बार एसोसिएसन, काठमाडौं जिल्ला बार एसोसिएसन र ललितपुर जिल्ला बार एसोसिएसनको आगामी चुनावमा पनि पीपीएलए र एसपीएलएले संयुक्त उम्मेदवारी दिई अटुटरुपमा सहकार्य गर्नका लागि संगठनहरुलाई सुझाव दिने' उल्लेख छ ।

पाटन बारको नयाँ नेतृत्व छनोटका लागि असार २५ गते चुनाव हुँदैछ ।

प्रकाशित : असार १२, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?