कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसदको गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा सांसदहरू अनुपस्थित हुँदा कारबाही स्थगित गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुसन्धान प्रतिष्ठान विधेयक निर्णयार्थ प्रस्तुत गर्दा संसद्मा गणपूरक संख्या उपस्थित थिएनन् । 

सांसदको गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुखले प्रस्तुत गर्दा एमाले सांसद झपट रावलले सांसदहरूको संख्या गणना गरियोस् भन्ने प्रस्ताव राखेका थिए । 'कोरम नपुगेको अवस्थामा निर्णयार्थ पेस गरिँदैछ । यो नियमावलीविपरीत हुने भएकाले सांसद सदस्यहरूको संख्या गणना गरियोस् भन्ने माग गर्दछु,' रावलले माग गरेका थिए ।

संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सभाका सम्पूर्ण सदस्यको एक चौथाइ हुनुपर्ने व्यवस्था छ ।

सांसद रावलले गणपूरक संख्यामा प्रश्न उठाएपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद संख्या गणना गर्न निर्देशन दिएका थिए । संसद् सचिवालयले तीन मिनेटपछि सांसद संख्या गणना गर्दा ६३ सांसद मात्रै उपस्थित थिए । सभामुख सापकोटाले ६९ सांसद उपस्थित हुनुपर्नेमा ६३ जना मात्रै उपस्थित भएको र सो संख्या संवैधानिक व्यवस्थाअनुसार एक चौथाइ नभएकाले सभाको कारबाही रोकेका थिए । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा कूल २ सय ७५ सांसद छन् ।

प्रकाशित : असार १२, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?