कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा शताब्दीअघि पाटनबाट चोरिएको विष्णु मूर्ति न्यूयोर्कमा

काठमाडौँ — आजभन्दा ५५ वर्षअघि चोरिएर अमेरिका पुगेको भगवान् विष्णुको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित सबैभन्दा व्यस्त संग्रालयमा फेला परेको छ ।

आधा शताब्दीअघि पाटनबाट चोरिएको विष्णु मूर्ति न्यूयोर्कमा

न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा फेला परेको विष्णुको उक्त मूर्तिलाई पन्ध्रौं शताब्दीमा निर्माण भएको कला मानिन्छ । हराएका/चोरिएका कला-सम्पदाबारे सोधखोज र पहिचानमा संलग्न अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीमा पाटनस्थित एक मन्दिरबाट चोरिएको भनिए पनि यो सम्पदा रहेको मन्दिरको अवस्थिति भने खुलाइएको छैन ।

अभियानका अनुसार यो सम्पदाबारे ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’मा समेत उल्लेख गरिएको छ । नेपालबाट चोरेर बाहिरी मुलुकमा लगिएकामध्ये अघिल्लो चरणमा तेस्रो मुलुक पुर्‍याइएको यो पुरातात्त्वक सम्पदा सन् १९६७ मै अमेरिका पुगिसकेको थियो ।

यसअघि पनि मेट्रोपोलिटन म्युजियम अफ आर्टमा रहेका उमामहेश्वर(पाटन), बुद्धमूर्ति(यट्खा) लगायत केही मूर्तिलाई नेपाल फर्काइसकिएको छ । मेट्रोपोलिटन म्युजियममा दर्जनौं पुरातात्त्विक नेपाली सम्पदाहरू थन्किएर वा प्रदर्शनीमा रहेको सूचना बाहिर आइसकेको छ ।

प्रकाशित : असार १२, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?