कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध प्रभातफेरी

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा प्रभातफेरी गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार नुवाकोटको बट्टारबजार, दम्की, विदुरबजार हुँदै जिल्ला समन्वय समितिको हलमा कोणसभा गरेर प्रभातफेरीको समापन गरेको हो । 

नुवाकोटमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध प्रभातफेरी

लागू पदार्थ दुर्व्यसन र ओसारपसारविरुद्ध ऐक्यबद्धता जनाउँदै टोल र समाजले यसलाई रोक्नुपर्ने बताए । ‘बनाऔं लागूऔषधमुक्त गाउँ सहर, मिलेर संघ प्रदेश अनि स्थानीय सरकार’, ‘सुखी नेपाली समृद्ध नेपालको सपना, लागूऔषधमुक्त समाज हाम्रो परिकल्पना’ लगायत सन्देशमुलक प्लेकार्ड र ब्यानरसहित प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरीमा सरकारी कार्यालयका पदाधिकारी, संघसंस्था, शिक्षक, विद्यार्थी, व्यापारीलगायत सहभागी थिए । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ ओसारपसार तथा अवैध तस्करीविरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित : असार १२, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?