पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

फाइल तस्बिर ।

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । 'करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,' नेपाल निकट स्रोतले भन्यो।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रकाशित : असार १२, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

गायिका दिलमाया सुनार मृत फेला 

घटना शंकास्पद देखिएको प्रहरीको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन् । काठमाडौंको नेपालटारमा भाडामा बस्दै आएकी उनी शनिबार बिहान कोठामै मृत फेला परेकी हुन् ।

शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हारेको भन्दै स्टाटस समेत लेखेकी थिइन् । 'जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति कोसिस गरे पनि पाउन सकिनँ तर पनि हार खाइनँ । तर अहिले धेरै गाह्रो भयो । बाँचेर पनि दिनदिनै मर्न सकिनँ,' उनले स्टाटसमा लेखेकी छन्, 'म थाकें । धेरै थाकें । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ ।'

प्रहरीले सुनारको शव पोस्टमार्टमका लागि पठाइसकेको छ । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । सुनारको मृत्यु शंकास्पद रूपमा भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । 'शंकास्पद मृत्यु देखिएको छ । केही मानिसहरुसँग सोधपुछको सिलसिलामा सूचना संकलन गर्दैछौं,' उनले भने ।

प्रकाशित : असार १२, २०७९ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×