कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भयो : ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भयो : ओली

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिता साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताएका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता ओलीले पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दु:खी बनाएको गुनासो पनि गरेका थिए । पार्टी एकताका बेला दिएको सिट संख्यालाई दाहालले चरम दूरुपयोग गरेको ओलीको आरोप थियो ।

‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नु भयो । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरूले,’ अध्यक्ष ओलीले भने ।

ओलीले सत्ताको चरम दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरेका छन् । यद्यपि पपुलर मत संख्याका आधारमा अहिले पनि एमाले नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनको भनाइ थियो ।

प्रकाशित : असार १०, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?