कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष ग‌णेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्‍प्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् । 

मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

'मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो ' तिमल्सिनाले भने, 'लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्त्व हुन्छ । तसर्थ नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठीक समयमा उपस्थित भई जनता प्रति जवाफदेही बन्न रुलिङ गर्दछु।'


प्रकाशित : असार १०, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?