कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबारदेखि ५-११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप 

काठमाडौँ — बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

बिहीबारदेखि ५-११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप 

खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा लान मन्त्रालयले आग्रह गरेको छ ।

दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । देशमा ५–११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् ।

प्रकाशित : असार ८, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?