कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन मासेर खेलमैदान बनाउँदा भक्तपुरवासीले पानी खान पाएनन् : मेयर प्रजापति 

भक्तपुरको नीति तथा कार्यक्रम- वडामै चिकित्सकसहितको स्वास्थ्य उपचार केन्द्र, घरदैलोमा नर्सिङ सेवा [पूर्णपाठसहित]

भक्तपुर — भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले खानेपानी मुहान नजिकको बन माँसेर खेलमैदान बनाउँदा उपभोक्ताले वर्षायाममा समेत पानी पिउन नपाएको बताएका छन् ।

वन मासेर खेलमैदान बनाउँदा भक्तपुरवासीले पानी खान पाएनन् : मेयर प्रजापति 

१२ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर प्रजापतिले नगरकोटको पानीको मुहानसँगै रहेको बन मासेर रुबी इन्टरनेसनल खेलमैदान निर्माण हुँदा पानीको मुहान सुकेको आरोप लगाएका हुन् ।

‘मेलम्चीको पानी जेठ १२ गतेदेखि भक्तपुरमा वितरण सुरु भयो । तर केही दिनमै काठमाडाैं उपत्यका खानेपानीले मेलम्चीको पानी बन्द गरिदियो,’ मेयर प्रजापतिले भनेका छन्, ‘नगरकोटको पानीको मुहानसँगै वन मासेर रुबी इन्टरनेसनल खेलमैदान निर्माण गरेको कारण जनताले वर्षाको समयमा पनि राम्रोसँग पानी पिउन पाएनन् । लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई तत्काल कारबाही गरी खानेपानी सुरू गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौँ ।’

उनले नगरपालिकाले जनतालाई विभिन्न स्रोतबाट पानी उपलब्ध गराएर घर-घरमा पानी अभियानलाई सार्थक पार्ने घोषणा गरेका छन् । मेयर प्रजापतिले आगामी वर्षसमेत शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई केन्द्रमा राखेर नगरपालिकाको नीति तथा कार्यक्रम ल्याएका छन् । नगरपालिकाले वडा-वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गरी सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाउने घोषणा गरेको छ ।

त्यस्तै, घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने मेयर प्रजापतिले बताए । ‘घरदैलोमा खटिने नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको स्वास्थ्य विवरण (प्रोफाइल) तयार गरिनेछ,’ उनले भनेका छन् ।

नगरपालिकाले युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालनसँगै युवा उद्यमशील ऋणको व्यवस्था गर्ने नीति अघि सारेको छ । त्यस्तै, सरसफाईलाई प्रभावकारी बनाउन नगरपालिकाले ‘एक सहकारी एक क्षेत्र सरसफाई’ नीति लागू गर्ने भएको छ ।

प्रजापति भक्तपुर नगरपालिकाको मेयरमा दोहोरिएका हुन् भने यहाँ नेपाल मजदुर किसान पार्टीले एकलौटी जितेको छ । तर, स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणमा भने भक्तपुर नगरपालिका देशकै नमुना पालिकाकोरुपमा परिचित छ ।

यस्तो छ नीति तथा कार्यक्रम

प्रकाशित : असार ८, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?