कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म गठबन्धन कायम रहने बताएका छन् । पत्रकारहरुको अन्तरक्रियामा अध्यक्ष नेपालले चुनावसम्म गठबन्धन कायम रहने बताएका हुन् ।

आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

उनले निर्वाचन प्रणालीले नै गठबन्धन गर्न बाध्य पारेको बताए । 'एउटै दलको बहुमतको संभावना एकदमै कम छ । १ सय ६५ निर्वाचन र १ सय १० को समानुपातिक । यसअघिको सबैभन्दा बढी ल्याउने समानुपातिक ४१ स्थान जितेको हो । प्रत्यक्ष निर्वाचित हुने १ सय ६५ को अत्यधिक ठूलो बहुमत ल्यायो भनेमात्रै हो । १ सय ६५ मा ९० स्थानभन्दा बढी जित्नु पर्छ,' नेपालले भने ।

आइतबार आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल भएको बताए । 'छलफलमा हामीबीचको भएको कमीकमजोरीलाई सुधार गर्ने र राम्रो परिणाम दिने गरी, जनताको विश्वास जित्ने गरी भएको छ । गठबन्धनलाई जोगाउन चुनावमा जाने विषयमा छलफल भएको छ,' नेपालले भने, 'आज चुनावको तयारीमा जानु पर्छ । मंसिरमा चुनावको तयारी भइरहेको छ ।'

प्रकाशित : असार ५, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?