चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ प्रस्थान गर्ने छन् ।

कतारका लागि राजदूत नरेन्द्रविक्रम ढकाललाई भने राष्ट्रपतिले दोहाबाट अग्रिमो आएसँगै जेठ २६ नै नियुक्त गरिसकेकी छन् ।

सरकारले श्रेष्ठ र ढकालसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । उनीहरू सबैको संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन् ।

प्रकाशित : असार ५, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।

गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको अध्यक्ष बरईले जानकारी दिए ।

प्रकाशित : असार ५, २०७९ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×