२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

'मंकीपक्स' संक्रमणको शंकामा एक व्यक्तिको टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौँ — दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार २७ वर्षीय ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।

'मंकीपक्स' संक्रमणको शंकामा एक व्यक्तिको टेकु अस्पतालमा उपचार हुँदै

अस्पतालका अनुसार मंकीपक्स हो/होइन यकिन गर्नका लागि परीक्षणहरू गरिँदैछ र उनी निगरानीमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार पनि ती व्यक्तिको शरीरमा बिमिराहरू देखिएको र ज्वरो आएकाले शंका लागेर टेकुमा भर्ना गरिएको हो । 'अहिलेसम्म केही पुष्टि भएको छैन । शंका मात्रै हो,' स्रोतले भन्यो ।

चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन् । मंकीपक्स भएको ३-४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।

मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकाले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित : असार २, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?