कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातमाटे सबस्टेसन निर्माण गर्न एमसीएलाई जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई नुवाकोटमा सबस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एमसीए नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्माण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

रातमाटे सबस्टेसन निर्माण गर्न एमसीएलाई जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पुर्वसचिव मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । त्यस्तै, तारागाउँ विकास समतिकिो अध्यक्ष सुरेशराज जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्त गरेको छ ।

बैठकले सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउनेसम्बन्धी कार्यनीति ०७८ र उपचार खर्च, राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड, ०७८ स्वीकृत गरेको छ ।

त्यस्तै, आगामी ८ देखि १२ गतेसम्म मलेसियामा हुने एपीजीको वार्षिक साधारण सभामा सचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई पठाउने निर्णय गरेको छ ।

बैठकले जापान सरकारबाट मानव संशाधन विकासकालागि प्राप्त हुने ३६ करोड ६२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार २, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?