कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बजेट पारित भए लगत्तै एकीकृत समाजवादीका मन्त्री फिर्ता हुने

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता हुने जनाएको छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका छन् ।

बजेट पारित भए लगत्तै एकीकृत समाजवादीका मन्त्री फिर्ता हुने

बैठकमा केही सदस्यहरुले मन्त्री परिवर्तन हुने निर्णय कार्यान्वयन किन नभएको भन्दै प्रश्न गरेका थिए । 'अध्यक्षले बजेट पारित भए लगत्तै मन्त्रीहरु फिर्ता हुने जानकारी गराउनु भएको छ' स्थायी कमिटीका सदस्य श्रीप्रसाद साहले भने, 'अध्यक्षले गठबन्धनका अन्य दलहरुमा पनि मन्त्री परिवर्तनको विषय छलफलमा रहेको र त्यो एकै पटक हुने बताउनु भएको छ ।' बैठकमा स्थायी कमिटीका सदस्य रहेका मन्त्रीहरुले भने यसबारे कुनै धारणा राखेनन् । उनीहरु बैठकको अन्त्यतिर बाहिरिएका थिए ।

हाल मन्त्री रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुको ठाउँमा हाल राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री, श्रममन्त्रीमा शेरबहादुर कुँवर, सहरी विकासमन्त्रीमा मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको थियो । त्यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।

दुई दिन चलेको बैठकले अमेरिकासँग हुन लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा पनि केहीले प्रश्न गरेका थिए । 'कानुनमन्त्रीले संसद् र प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यस विषयमा तयारी नभएको जानकारी गराईसक्नुभएको कुरा अध्यक्षले बैठकमा भन्नुभएको थियो' साहले भने, 'एसपीपी राष्ट्रहित विपरित रहेको बैठकमा धारणा हो । तर प्रधानमन्त्रीले सम्झौता नहुने बताएपछि त्यस विषयमा थप निर्णय भएन ।'

प्रकाशित : असार १, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?