अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने दाबी गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/bhim-rawal-1952022111810-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
आफूहरूले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीका दफाहरू र घटनाक्रमले पनि त्यतै संकेत गरेको उनको भनाइ छ ।
यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने उनको माग थियो । ‘यदी त्यस्तोमा नेपालले प्रवेश गर्ने हो भने नेपालको संविधानको धारा ५१ को ड र अरु २७९, अरु सबै हाम्रो जुन अहिले असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो, जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ । असंलग्न पञ्चशिलका सिद्धान्तमा आधारित छ । हामी चीन र भारतजस्ता विशाल देशमा रहेको जुन प्रकारको संवेदनशील भू–राजनीतिमा छौं । यो देशको सम्पूर्ण रुपमा परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । त्यस्तो गम्भीर कुरा बाहिर आएको छ । यो विषय नेपालजस्तो देशको लागि अत्यन्त गम्भीर विषय छ । यदी यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने राष्ट्रहित विरोधी काम हुँदैछ र यसका कतिपय दफाहरुले त्यसतर्फ संकेत गर्छन् भनेर हामीले जुन कुरा उठाएका थियौं, अहिले घटनाक्रमले त्यो कुरातर्फ संकेत गरिरहेका छन् । र त्यो कुरा दिनदिनै अझ प्रवल रुपमा अगाडि देखा पर्दै आएको छ,’ सांसद रावलले भने ।
यस्तै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले पनि एसपीपी सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपीएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठूलो समस्या पैदा गर्ने उनको तर्क थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)