कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउने 

काठमाडौँ — नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण चलाउने 

पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिकरुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, अनुशासन विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिबारे प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गर्‍यो,' अध्यक्ष बडालले भने, 'साउन महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ । मुख्यत: केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीबीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका विषयवस्तु हुन जान्छन् ।'

एमालेका ११ लाख पार्टी सदस्यहरु पार्टीको दर्शन, सिद्धान्त, मूल्यमान्यता, आचरण र अनुशासनलाई दृढतापूर्वक पालना गर्न/गराउनलाई हरेक कमिटीले पहलकदमी गर्नुपर्छ भन्ने र यसलाई लागू गराउन प्रदेश कमिटी र जिल्ला कमिटीलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोणसम्बन्धी विषयवस्तु हुने पनि आयोगले जनाएको छ ।

त्यसैगरी, बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?