२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वर्षायामलगत्तै मेलम्चीको पानी काठमाडौं ल्याइनेछ : मन्त्री चौधरी 

मेलम्चीको विकल्प र पुरकको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि तीन ठाउँको अध्ययन भइरहेको छ ।

काठमाडौँ — खानेपानीमन्त्री उमाकान्त चौधरीले वर्षायाममा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन नसकिने बताएका छन् । उनले मेलम्चीमा गत असार १ गते आएको बाढी र पहिरोले गर्दा क्षति भएको र त्यहाँ थुप्रिएको लेदोले गर्दा वर्षायाममा पानी ल्याउन गाह्रो भएको बताए । 

वर्षायामलगत्तै मेलम्चीको पानी काठमाडौं ल्याइनेछ : मन्त्री चौधरी 

अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मका लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको मन्त्री चौधरीको भनाइ थियो ।

प्रतिनिधिसभा बैठकमा मंगलबार खानेपानी मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले मेलम्ची खानेपानी योजनाको अवस्थाबारे जानकारी गराएका हुन् । 'अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण मौसमविद्हरूको सुझाव र सो स्थानमा जडित 'अर्लि वार्निङ सिष्टम' र विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा योजना संचालन वर्षा यामसम्मको लागि बन्द गरिएको हो,' उनले भने ।

मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको जानकारी दिए । मेलम्ची खानेपानीको विकल्पमा पनि अध्ययन भइरहेको मन्त्री चौधरीको भनाइ थियो । 'मेलम्ची खानेपानी योजनाको विकल्प र पुरकको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ,' उनल भने ।

मेलम्चीको खानेपानी वर्षायाममा ल्याउन नसकिएकाले त्यसको पनि विकल्पमा काम भइरहेको उनले बताए । 'वर्षायाममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने बित्तिकै पानी संचालन गर्न सकिने, हाम्रो मन्त्रालयको योजना रहेको छ । यस अवधिमा काठमाडौंवासीलाई पानीको अभाव हुन नदिन वाग्मतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्य भइरहेको छ,' उनले भने ।

मन्त्री चौधरीले काठमाडौं उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउन पाइपलाइन सञ्जाल विस्तारको काम भइरहेको बताए । उनले स्वच्छ खानेपानी उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोहीअनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?