कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन : शिक्षामन्त्री पौडेल

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाल कुनै पनि विश्वविद्यालयमा तालाबन्दी नरहेको बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा त्रिभुवन विश्वविद्यालय लगायतमा लगाइएका ताला खोलिएको बताए । 

अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन : शिक्षामन्त्री पौडेल

त्रिविलगायत विश्वविद्यालयमा लगाइएका तालाबन्दी खोलिएको मन्त्री पौडेलको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयमा माघ ७ गते लगाइएको ताला खुलाइएको र त्यसका लागि आफूले पटकपटक छलफल गरेको उनको भनाइ थियो । उक्त ताला हाल खुलिसकेको उनले जानकारी दिए ।

'त्रिभुवन विश्वविद्यालयको ताला खोल्न झन्डै आधा दर्जनपटक मैले वार्ता गरेको छु । अरु विश्वविद्यालयमा पनि पठन- पाठनलाई असर गर्नेगरी वा प्रशासनका क्रियाकलाप असर गर्ने गरी शिक्षणसँग सम्बन्धित वा शैक्षिक मागका कुराहरू तालाबन्दी गरेर नगर्नुस् भनेर विभिन्न चरणमा वार्ता गरिएको छ,' उनले भने, 'अहिले पनि वार्ता गरिएको छ र त्रिभुवन विश्वविद्यालयको ताला खुलेको छ । ताला खोल्नको निम्ती जो जो पक्षले वार्ता गर्नुभयो तपाईंहरूले पनि यहाँ कुरा उठाएर सहयोग गर्नुभयो । अहिले यो समयमा कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन ।'

मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी गरेर माग र दबाब नराख्न आग्रह गरे । उनले विद्यार्थी, प्राध्यापक, कर्मचरी र सरोकारवालाई तालाबन्दी गर्ने काम नगर्न अनुरोध गरेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×