कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रतिनिधिसभाद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ — किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन प्रतिनिधिसभाले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन निर्देशन दिएको हो । 

प्रतिनिधिसभाद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि उक्त विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिने क्रममा भने, 'रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।'

सभामुख सापकोटाले भटृराईसमेतले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गरेको अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमा ४८ सांसदले सहभागिता जनाएको पनि जानकारी दिए ।

सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्न र मन्त्रीले दिएको जवाफका आधारमा सभाले उक्त निर्देशन दिएको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×