कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्र सम्बन्धमा सरकारको प्रस्थान नै गलत : ज्ञवाली

'गठबन्धन सरकार नेपाली जनता र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढ्यो'

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको टिप्पणी गरेका छन् । वर्तमान सरकारले सुरुमै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको पनि नेता ज्ञवालीको आरोप थियो ।

परराष्ट्र सम्बन्धमा सरकारको प्रस्थान नै गलत : ज्ञवाली

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि 'कम्फर्टेबल' बन्नेगरी अगाडि बढेको आरोप लगाए ।

ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु 'कम्फर्टेबल' बन्ने किसिमले गरेको पनि बताए । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिका कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको पनि उनको भनाइ थियो ।

‘सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो । सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हित नेपाली जनताको हित हो । तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिर उन्मुख भएको देख्छु । त्यसकारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु । सरकारले सुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती गर्‍यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमा सम्बन्धी कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिंगो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा पास गर्‍यो । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम गर्‍यो । सरकारले अध्ययन पनि गर्‍यो तर सदनलाई जानकारी गराएको छैन,’ नेता ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको पनि आरोप लगाए । एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको उनको भनाइ थियो । यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक रुपमा लिखित जानकारी दिनका लागि पनि ज्ञवालीले माग गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?