२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलाउने

काठमाडौँ — अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलाउने

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । उनले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयको विषयमा छलफलको सुरुवात गरेको बताइन् ।

सभापति खरेलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलगायत विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताइन् । उनले भनिन्, ‘आज हामीले अत्यन्तै गम्भीर छलफल गर्‍यौं तर केही विषय टुङ्गोमा पुग्न सकेको छैन । हाम्रो सुरुवात हो । परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा बैठक सुरुवात गरेका छौं । यो विषयमा सबै सदस्यले स्पष्ट पार्नु भएको छ । आगामी दिनमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ ।’

प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?