कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक वन गोष्ठी सुरु 

काठमाडौँ — सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठी आइतबारदेखि ललितपुरको खुमलटारमा सुरु भएको छ । वन तथा भू–संरक्षण विभागको आयोजनामा भएको गोष्ठीमा सातै प्रदेशका डिभिजन वन अधिकृत, प्रदेश वन मन्त्रालयका सचिवहरु, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि, वन र जैविक विविधतामा काम गर्ने संघ–सस्थाका प्रतिनिधि र विज्ञहरु सहभागी छन् ।

सामुदायिक वन गोष्ठी सुरु 

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले उद्घाटन गरेको गोष्ठीमा वन पारिस्थितिकीय प्रणाली र व्यवस्थापन, वनमा सुशासन र संस्थागत प्रबन्ध, अर्थतन्त्र तथा जीविकोपार्जनलगायत सामुदायिक वनसँग सरोकार राख्ने विभिन्न विषयमा बहस हुनेछ ।

मंगलबारसम्म चल्ने गोष्ठीमा देशभरबाट करिब चार सय जना प्रतिनिधि सहभागी छन् । ५० भन्दा बढी विषयमा वन, वन्यजन्तु र जैविक विविधताका क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।


प्रकाशित : जेष्ठ २९, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?