कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले बाहेकका दलले देश समृद्ध बनाउन सक्दैनन् : केपी ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले बाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले बाहेकका दलले देश समृद्ध बनाउन सक्दैनन् : केपी ओली

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले दोहोर्‍याएका थिए ।

ओलीले भनेका थिए, 'एमाले बाहेक अन्य दलले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ ? देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नु छ भने एमाले बाहेक अरुले अगुवाइ गर्न सक्दैन । सही सत्य कुरा यो हो । यो राजनीति गरेको होइन, भोट मागेको होइन । देशको हितको पक्षमा बोलेको हो । देशको हितको पक्षमा सत्य बोलेको हो । यदि एमालेका नीतिहरु त्यस्ता हुँदैन थिए भने अरुका नीति देशको पक्षमा हुन्थे भने म आफैं त्यो पार्टीमा हुन्थें । किनभने देशभन्दा ठूलो अरु केही पनि हुँदैन । तर यथार्थ के हो भने–एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लड्ने र देशका निम्ति मरिमेट्ने अर्को पार्टी छैन ।'

देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरु पार्टीहरुले त्यस्तो गर्न नसक्ने पनि अध्यक्ष ओलीको जिकिर थियो ।

प्रकाशित : जेष्ठ २८, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?