कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

ट्राफिक प्रहरीले खोजिदियो चोरी भएका ३० वटा मोटरसाइकल

काठमाडौँ — ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सवारीधनीलाई फिर्ता गरेको छ । चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले खोजिदियो चोरी भएका ३० वटा मोटरसाइकल

ट्राफिक कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सवारी धनीहरुलाई हस्तान्तरण गरे । उजुरीका आधारमा खोजी गर्दा फेला परेका ३० जना मोटरसाइकल र स्कुटर फेला पारी धनीलाई फिर्ता गरिएको एसएसपी जोशीले बताए ।

'उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरी अपरेसन गरिएको थियो । त्यही क्रममा मोटरसाइकलहरु बरामद भएका छन् । चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएका छौं,' उनले भने ।

उनले प्रहरीले खोजी गरिदिने गरे पनि यस्तो हुन नदिन स्वयं सवारी धनीले विशेष चासो र सजक हुनुपर्ने सुझाव दिए । उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे । ट्राफिक प्रहरीले आ.व. ०७८/०७९ मा ४ सय ३१ वटा मोटरसाईकल खोजी गरी धनीलाई फिर्ता गरेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?