१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

मलाई मन्त्रीको लोभ छैन: मन्त्री आले

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन् ।

मलाई मन्त्रीको लोभ छैन: मन्त्री आले

आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उनले अन्य नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन आग्रह गरे ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको भन्दै आपत्ति जनाए । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौं । दुई महिना त ग्रेसमार्क पाइसक्यौं। अरु साथीहरुलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, ' मन्त्री आलेले भने ।

पार्टीभित्रकै कोही मान्छेहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेको उनले बताए । उनले भने, 'हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु, चिप्ले किराहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।'

प्रकाशित : जेष्ठ २४, २०७९ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?