कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
बुढीगंगा नगरपालिका स्थानीय तह निर्वाचन विवाद 

एमाले सांसदद्वारा गृहमन्त्री, प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको राजीनामा माग

काठमाडौँ — नेकपा (एमाले)का सांसद लालबहादुर थापाले बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनमा भएका निर्णय र धाँधलीको जिम्मेवारी लिँदै गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरू ईश्वरी पौडेल र रामप्रसाद भण्डारीको राजीनामा माग गरेका छन् । 

एमाले सांसदद्वारा गृहमन्त्री, प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको राजीनामा माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बुढीगंगा नगरपालिकाको विषयमा आफ्ना धारणा राख्दै बाजुराका सांसद लालबहादुर थापाले सत्तापक्षले चुनावमा धाँधली गरेको र त्यसमा निर्वाचन आयोगको नेतृत्वले साथ दिएको पनि आरोप लगाए ।

बूढीगंगामा एमाले र कांग्रेसका तर्फबाट केही वडाहरूमा बुथ कब्जा गरी ९९ प्रतिशतसम्म मतदान गरिएपछि आयोगले पुनः निर्वाचनको निर्णय गरेको छ । त्यसरी गरिएको पुनः निर्वाचनको निर्णयको एमालेले विरोध गर्दै आएको छ । 'निर्वाचन आयोगबाट सगुनशम्शेर जबराको नेतृत्वको दुई सदस्यीय छानबिन समितिको प्रतिवेदनको सुझाव विपरीत प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आयुक्तहरू ईश्वरी पौडेल र रामप्रसाद भण्डारीले बहमुतको आधारमा पुनः निर्वाचनको निर्णय गरी जनताको अभिमतमाथि अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र दुई आयुक्तको राजीनामा माग गर्दछु,' उनले भने ।

निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुका साथै गृहसचिव, सुरक्षा निकायका जिल्लाका नेतृत्वलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?