कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानन्यायाधीशविरुद्धको महाभियोग समितिमा पठाउन एमालेको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार बसेको बैठकमा एमालेका प्रतिनिधिले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् । 

प्रधानन्यायाधीशविरुद्धको महाभियोग समितिमा पठाउन एमालेको माग

कार्यव्यवस्था समितिका एक सदस्यले एमाले सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्धको प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् । 'एमालेका सचेतक र प्रतिनिधि खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाऔं भन्ने माग राख्नुभएको छ । छलफल जारी छ,' कार्यव्यवस्थाका एक सदस्यले जानकारी दिए ।

एमाले सांसद अधिकारीले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा ल्याएर छिटो टुंगोमा पुर्‍याउनुपर्ने माग गरेको बताए । उनले भने, 'महाभियोग प्रस्ताव सिफारिस समितिमा ल्याएर छिटो टुंगोमा पुर्‍याउनुपर्छ भन्ने हाम्रो माग रह्यो । त्यस्तै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिनुपर्छ भनेका छौं ।' बजेटको मन्त्रालयगत विनियोजनमा एकै दिन धेरै मन्त्रालयमाथि बोल्ने सूची नराख्न पनि सभामुखलाई भनेको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते सत्तारुढ कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोग आएपछि प्रतिनिधिसभाले फागुन तेस्रो साता महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन् । त्यस्तै, कांग्रेसका मीनबहादुर विक र रामबहादुर विष्ट, माओवादी केन्द्रका यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन् ।

एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ रहेका छन् ।

समितिको एक मात्रै बैठक बसेको छ । बैठकमा महाभियोगको प्रस्ताव नआउँदा काम अगाडि बढ्न सकेको छैन । प्रधानन्यायाधीश जबरा भने निलम्बनमा छन् । उनीमाथि लागेका आरोपको छानबिन भएको छैन ।

प्रकाशित : जेष्ठ २४, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×