कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

प्रधानमन्त्रीलाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र

नागरिकता विधेयकदेखि विगतका सम्झौता कार्यान्वयन र रेशम चौधरीको रिहाइ माग

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन् । 

प्रधानमन्त्रीलाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र

ज्ञापनपत्रमा देउवा नेतृत्वको सरकार निर्माण हुने बेला गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, 'संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने ।'

त्यस्तै, मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गरिएको छ । लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि सरकारसँग माग गरेको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशंकर अरगरियालगायत बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि उपस्थित थिए ।


प्रकाशित : जेष्ठ २४, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?