कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

राजदूत शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ — भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

राजदूत शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता

उनीहरूबीच बिहीबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्दा खुसी लागेको उल्लेख गर्दै उनी नेपालको नजिकका मित्र र शुभेच्छुक रहेको ट्वीटमा उल्लेख गरेका छन् ।

चौथाइवालेले शर्मासँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको र शर्माको कार्यकालमा भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने बताएका छन् ।

नयाँदिल्लीमा भाजपाको सरकार सन् २०१४ देखि नै छ । चौथाइवालेले नेपाली राजदूतहरूसँग पटक–पटक भेटवार्ता गर्दै आइरहेका छन् । यस्तै, नेपालका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै चौथाइवालेले नेपालको भ्रमण गरेका थिए ।

साथै, देउवाको चैतमा भएको भारत भ्रमणका दौरान नयाँदिल्लीमा रहेको भाजपाको मुख्यालयमा नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्नेमा चौथाइवाले पनि थिए ।

प्रकाशित : जेष्ठ १९, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×