१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

राप्रपाले भन्यो- राजा अभिभावक रहने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अभिभावक संस्थाको रुपमा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय व्यवस्था हुनुपर्ने माग गरेको छ । 

राप्रपाले भन्यो- राजा अभिभावक रहने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

धुलिखेलमा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सुनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्ण समानुपातिक संसद्, केन्द्र र बलियो स्थानीय तहसहित २ तहको संघीयता हुनुपर्ने पक्षमा राप्रपा रहेको बताए ।

'कुनै पनि सरकार ५ वर्ष सम्म टिकेनन्; अस्थिरताका कारण यही शासन व्यवस्था बन्यो,' उनले भने, 'सांसद हुन खर्च गर्नुपर्ने; प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्‌को पक्षमा उभिएका हौं; आगामी निर्वाचनमा यो कुरा उठाएर जान्छौं ।'

स्थानीय तह निर्वाचनको समीक्षा गर्न आयोजित बैठकमा राप्रपाले सत्ताको दुरुपयोग, सत्ता पक्ष र प्रतिपक्षका दुई ठूला गठबन्धन र महाधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको छ । निर्वाचनपछि नयाँ शक्तिको रुपमा उदाएको दाबी गर्दै राप्रपाले निरुत्साहित हुनुपर्ने अवस्था नरहेको तर्क गरेको छ ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमा छनोट गर्न उपयुक्त हुने ठहर गरी पार्टीभित्र र बाहिरबाट पनि राप्रपाका तर्फबाट उम्मेदवारीका लागि सार्वजनिक आह्वान गरिएको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १९, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?