कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘बारकोड स्टिकर’ हेरेर मात्र जारको पानी किन्न आग्रह 

काठमाडौँ — नेपाल बोटल वाटर उद्योग संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी किन्न आग्रह गरेको छ । खानेपानीमा बारम्बार गुणस्तरको प्रश्न उठेपछि संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी खरिद गरिदिन आग्रह गरेको हो । ‘सर्वसाधरणलाई गुणस्तरीय पानी उपलब्ध गराउन संघले सेन्ट्रल ल्याव राखेर गुणस्तर परीक्षण सुरु गरेको छ । 

‘बारकोड स्टिकर’ हेरेर मात्र जारको पानी किन्न आग्रह 

गुणस्तरमा पाए/भएका कम्पनीलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष धुव्र गौतमले भने, ‘पानीको गुणस्तर प्रत्येक हप्तमा परीक्षण गर्छौं, गलतलाई गलत भन्छौं, सर्वसाधरणलाई उचित मूल्यमा गुणस्तर पानी उपलब्ध गराउँछौं ।’ संघमा करिब १ सय ८२ कम्पनी आबद्ध छन् । ती कम्पनीहरु काठमाडौं, भक्तपुर र ललितपुरमा छन् । ती सबै कम्पनीको पानीको माइक्रो बाइलोजिकल (गुणस्तर) परीक्षण गरिने संघको दाबी छ ।

‘हाम्रो संघमा आबद्ध भएका सबैको परीक्षण हुन्छ । गुणस्तर मापदण्डअनुसार उत्पादन गर्नेलाई स्टिकर वितरण हुन्छ,’ गौतमले भने, ‘गुणस्तर उत्पादन नगर्नेको हकमा संघ जिम्मेवार हुँदैन ।’

बारकोड स्टिकर वितरणले खानेपानी क्षेत्रमा देखिएका विकृति सुधार हुने संघको दाबी छ । संघका महासचिव गोकुल थापाले पछिल्लो समय इन्धनमा भइरहेको मूल्यवृद्धिले लागत, ढुवानी र सन्चालन खर्चबढे पनि गुणस्तर उत्पादनमा जोड दिएको दाबी गरे । ‘इन्धन लगायतका कारणले पानी उद्योगीहरु टिक्न गाह्रो भइसकेको छ,’ महासचिव थापाले भने, ‘यद्यपि, हामीले मूल्यभन्दा गुणस्तर सुधारमा जोड दिएका छौं । संसदीय समितिले निर्देशनअनुसार जारको पानी ४७ रुपैयाँ र बोटल १६ रुपैयाँभन्दा मूल्य लिएका छैनौं । एमआरपी मूल्य उत्पादन लागतभन्दा कम हो ।’


प्रकाशित : जेष्ठ १८, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×