२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भूउपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौं : मन्त्री श्रेष्ठ

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भूउपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी हुन् ।

भूउपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौं : मन्त्री श्रेष्ठ

उनले भूउपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले भूउपयोग कार्यक्रमलाई मन्त्रालयले आवश्यक गृहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउने दाबी गरिन् ।

सरकारले भूउपयोग नियमावलीको मस्यौदा २०७९ जेठ ९ गते पारित गरेको थियो । भूउपयोग नियमावलीमा भूमिलाई बनावट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र गरी १० वटा भूउपयोग क्षेत्रमा वर्गीकरण गर्न सकिने बताइन् ।

मन्त्री श्रेष्ठले सरकारले देशभर वा कुनै सीमित क्षेत्रमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर भूउपयोग कार्यक्रम लागू गर्नसक्ने पनि बताइन् । उनका अनुसार भूउपयोग कार्यक्रम नेपालमा पहिलोपटक कार्यान्वयन हुने भएकोले जग्गाधनीलगायत सरोकारवालाको सहभागिता आवश्यक छ ।

उनले भूउपयोग नियमावली कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको र व्यवस्थापनका लागि पनि सरल किसिमबाट नियमावलीमा व्यवस्था गर्न प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित : जेष्ठ १८, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?