चुनाव केन्द्रित बजेटले मूल्यवृद्धि र आर्थिक संकट समाधानको प्रयास गरेन : लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले मूल्यवृद्धि रोक्ने र आर्थिक संकट समाधान गर्ने प्रयास नगरेको बताएका छन् । 

चुनाव केन्द्रित बजेटले मूल्यवृद्धि र आर्थिक संकट समाधानको प्रयास गरेन : लिङ्देन

प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका थिए । ‘अहिलेको बजेटबारे इमान्दारीपूर्वक भन्नुपर्छ कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिँदै गएको छ; जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन,' उनले भने ।

बजेटमार्फत घोषणा गरिएका योजनामा छुट्याइएको रकमको स्रोत उल्लेख नगरिएको भन्दै लिङ्देनले आगामी निर्वाचनलाई लक्षित गरेर मात्रै बजेट ल्याएको आरोप लगाए ।

'बजेट केवल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो ? यसको कार्यान्वयनका आधार के हुन् ? कहीँ पनि स्पष्ट छैन,' उनले भने, 'यो बजेट एउटा ललिपपको रुपमा मानिसहरूलाई भुल्याउने गरी मात्रै ल्याइएको छ ।'

प्रकाशित : जेष्ठ १८, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x