कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारी सुर्खेतमा

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेको जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आजै सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?