कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्ता केन्द्रित बजेट ल्याइयो : सांसद झा

'दुई-चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज वितरण गर्न सकिन्छ भन्ने प्रकारले बजेट बनाइएको मैले बुझेको छु'

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अनिल कुमार झाले आगामी वर्षका लागि प्रस्तुत बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्तालाई केन्द्रित गरेर बजेट ल्याइएको बताए ।

कार्यकर्ता केन्द्रित बजेट ल्याइयो : सांसद झा

‘यो बजेट वितरणमुखी हो भन्ने मलाइ लागेको छ । यो बजेट ६ महिनापछि हुने निर्वाचनमा कसरी आफूलाई र आफ्ना कार्यकर्ताहरुलाई इंगेज गर्न सकिन्छ ? दुई-चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज वितरण गर्न सकिन्छ भन्ने प्रकारले बजेट बनाइएको मैले बुझेको छु । मनसुन आउन लागेको छ । नदी नियन्त्रणको बारेमा, तटबन्ध मर्मतको बारेमा, बाँधलाई पुर्ननिर्माण गर्ने बारेमा न त अहिले त्यो काम चालु आर्थिक वर्षमा भइरहेको छ, न त भविष्यमा त्यसलाई मजबुतीका साथ बनाइन्छ भन्ने यो बजेटले अनुभूति दिन सकेको छ । जुन अत्यन्तै आपत्तिजनक छ,’ सांसद झाले भने ।

उनले नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुर्ननिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?