बजेटका धेरै कुरा राम्रा छन्, कार्यान्वयनमा चिन्ता छ : नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटका धेरै कुरा राम्रा छन्, कार्यान्वयनमा चिन्ता छ : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भए पनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए ।

उनले भने– ‘आम रूपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिँदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागू हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागू गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसद्मा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

यसरी काठमाडौं ल्याइयो शव

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । खराब मौसम र जटिल भौगोलिक अवस्थाका कारण उक्त विमान दुर्घटना भएको सोमबार मात्रै पुष्टि भएको हो।


प्रकाशित : जेष्ठ १६, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×