२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

पालिका कार्यपालिका सदस्यको निर्वाचनमा सहमतिसाथ अघि बढ्ने गठबन्धनको निर्णय

काठमाडौँ — सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनबीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

पालिका कार्यपालिका सदस्यको निर्वाचनमा सहमतिसाथ अघि बढ्ने गठबन्धनको निर्णय

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताए । उनले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताए । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक निर्वाचन हुनेपनि स्पष्ट पारे ।

त्यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनका बारेमा बैठकमा छलफल भएको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको स्पष्ट पारे ।

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ १६, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?