कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
ग्यास बुलेटमा आगलागी

आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

रमेशकुमार पौडेल

काठमाडौँ — ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

मुग्लिन-नारायणगढ सडकखण्डस्थित पन्ध्रकिलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।

यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?