कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपमेयर डंगोलले भनिन्– 'विकास र समृद्धिमा बाधक बन्दिनँ'

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् ।

उपमेयर डंगोलले भनिन्– 'विकास र समृद्धिमा बाधक बन्दिनँ'

उपमेयरमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् । 'युवाप्रति अथाह भरोसा गरेर काठमाडौं जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौं महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ,' डंगोलले भनिन्, 'तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।'

आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ४४ हजार ४ सय ६ मतान्तरले पराजित गर्दै उपमेयर बनेकी डंगोलले चुनावी परिणाम सार्वजनिक भएसँगै जित–हारको मनोविज्ञानलाई अन्त्य गर्ने अपिल गरेकी छन् ।

'महानगरपालिकाको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढौं भन्ने पनि अनुरोध गर्न चाहन्छु,' उनले भनिन्, 'काठमाडौंको विकास र समृद्धिका लागि पनि कुनै पनि ठाउँमा बाधक बन्ने छैन ।'

वैंशाख ३० मा भएको स्थानीय तह चुनावमा २९ वर्षीया डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भएकी हुन् । स्थानीय तहमा चुनावमा सर्वाधिक मत प्राप्त गर्दै डंगोल विजयी भएकी हुन् ।


प्रकाशित : जेष्ठ १३, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?