कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर वालेन्द्रलाई शुभकामना दिँदै केशव स्थापितले भने– 'रचनात्मक सहयोग रहने छ' 

काठमाडौँ — काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर वालेन्द्र साहलाई शुभकामना दिँदै काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् । 

मेयर वालेन्द्रलाई शुभकामना दिँदै केशव स्थापितले भने– 'रचनात्मक सहयोग रहने छ' 

चुनावीको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् ।

'पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु,' स्थापितले भनेका छन्,'काठमाडौंको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु ।'

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् । एमालेका स्थापित तेस्रो रहे ।

'निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’ मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,' स्थापितले भनेका छन् ।

आफू पटकपटक धुलो टक्टक्याएर उठेको व्यक्ति भएको भन्दै स्थापितले भने, 'म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु । काठमाडौं म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ । '

प्रकाशित : जेष्ठ १३, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?