कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

छात्रा बलात्कार आरोपमा फरार प्रिन्सिपल चार वर्षपछि पक्राउ

काठमाडौँ — इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । 

इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसुरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि फरार थिए ।

छात्रा बलात्कार आरोपमा फरार प्रिन्सिपल चार वर्षपछि पक्राउ

सिन्धुली कमलामाई स्थायी घर भएका खड्कालाई जाहेरीको करिब ४ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । आफूले भनेको नमाने स्कुलबाट निकालिदिने धम्की दिँदै खड्काले छात्रामाथि बलात्कार गरेका थिए । त्यसपछि घटना सार्वजनिक नगर्न उनले छात्रालाई पटक-पटक धम्की दिएको र उनको मानसिक यातना खेप्न नसकेर छात्राले अध्ययन गरिरहेको स्कुल छाडेर अन्यत्रै भर्ना भएकी थिइन् ।

त्यसपछि पनि खड्काले छात्रालाई विवाह गर्ने भन्दै घटना गोप्य राख्न प्रलोभन दिएका थिए । तर, घटनाको करिब १ वर्षपछि २०७५ भदौ २ मा छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि आरोपित खड्का फरार भएका थिए भने उनी विरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा मुल्तवीमा राखिएको थियो । सीआइवीका एसपी कमल थापाका अनुसार पक्राउ परेका खड्कालाई जिल्ला अदालत सुनसरी पठाइने बताए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?