३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नीति कार्यक्रम चास्नीमा नडुबाएको, तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो : ओली 

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ‌ओलीले सरकार र नीति तथा कार्यक्रम गुजुल्टिएको बताएका हुन् ।

नीति कार्यक्रम चास्नीमा नडुबाएको, तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो : ओली 

नीति तथा कार्यक्रमको भाषामाथि टिप्पणी गर्दै ओलीले जनता अल्मल्याउने अभ्यास भएको बताएका हुन् । 'नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तर्वस्तुतर्फ पटक्कै ध्यान नगइकन वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो, गुजुल्टिएको । चास्नीमा हाल्न भ्याएको छैन,' उनले भने, 'अर्थ निस्किँदै ननिस्किने आधा पेजको वाक्य कहाँबाट कहाँ, एक ठाउँबाट सुरु हुन्छ, त्यसको आदि, मध्य र अन्त्य के हो ? गुजुल्टिँदै गएर, कहाँ गएर अन्तय हुन्छ थाहा हुन्न ।'

सरकारको नीति तथा कार्यक्रम कुन पार्टीको हो भनेर यकिन नभएको ओलीको भनाइ थियो । उनले भने, 'यो सरकारै त्यस्तै छ जेरीजस्तै गुजुल्टिएको । कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?,' उनले भने ।

नीति तथा कार्यक्रममा गैरजिम्मेवार र अनुत्तरदायीपन देखिने ओलीको भनाइ थियो । 'यो दस्तावेज, नीति कार्यक्रमका नाममा आएको दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका संवाहक शक्तिबाट अस्थिरताको चाहनाको साथ बनि बनाइएको गठबन्धन सरकारको अस्थिरताकै घोषणापत्र हो । अस्थिरताकै घोषणापत्रका रूपमा यो प्रस्तुत भएको छ,' उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १२, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?