२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति

काठमाडौँ — सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आपत्ति जनाएको छ । संघीय संसद्‌मा मंगलबार प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमको ८५ नम्बर बुँदामा आमसञ्चर क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ सञ्चालनमा ल्याइने उल्लेख छ । 

आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति

आमसञ्चार प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहे तापनि प्रतिष्ठानको नाममा व्यक्तिको नाम जोड्नु गलत रहेको फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिष्ठान सञ्चालन गर्ने विषय स्वागतयोग्य विषय हो । तर, व्यक्तिको नामबाट प्रतिष्ठान सञ्चालन गर्ने कुरा स्वीकार्य हुन सक्दैन । यदि, व्यक्तिकै नामबाट प्रतिष्ठान सञ्चानल गर्ने हो भने नेपाल पत्रकार संघ (हाल महासंघ)का संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजको धारणा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ हो भन्ने तथ्य प्रमाणित भइसकेको दाबी गर्दै फोनिजले गलत तथ्यको आधारमा सरकारले कृष्णप्रसाद भट्टराईलाई नै पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा प्रस्तुत गर्न खोज्नु गलत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली पत्रकारिता र पत्रकारसँग सम्बन्धित संगठनको इतिहास र गरिमालाई अनदेखा गर्नु र श्रेष्ठको योगदानलाई विस्थापित गरेर भट्टराईलाई अनावश्यक जस प्रदान गरी पत्रकारलाई संगठित गर्ने पहिलो व्यक्तिको योगदानलाई नामेट पार्ने सरकारी दुष्प्रयास स्वीकार्य नहुनेसमेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

निहीत राजनीतिक आस्था र विचारका आधारमा कसैको इतिहास नामेट पार्ने सरकारी कदम निन्दनीय र भर्त्सना योग्य रहेको भन्दै फोनिजले निर्णय तत्काल सच्याउन नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?