१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६
सरकारको नीति तथा कार्यक्रम

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

काठमाडौँ — सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन ।

यस्तै सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो । छिमेकी राष्ट्र भारतलगायत विश्वका अन्य देशहरूले समेत विभिन्न सामाजिक सञ्जाललाई आफ्नो देशमा औपचारिक रुपमा दर्ता गरेर कानुन र करको दायरामा ल्याउने प्रयासहरु सुरु गरेका छन् ।

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने विषय समय समयमा आउने भए पनि यसको कार्यान्वयन हुन सकेको छैन

प्रकाशित : जेष्ठ १०, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?