१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६
सरकारको नीति तथा कार्यक्रम

'सिँचाइमा खपत हुने विद्युत्‌मा थप सहुलियत प्रदान गरिनेछ'

काठमाडौँ — सरकारले सिँचाइमा खपत हुने विद्युत्‌मा सहुलियत बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्ष कृषिलाई प्राथमिकता दिँदै सिँचाई सुविधाका कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन् । 

'सिँचाइमा खपत हुने विद्युत्‌मा थप सहुलियत प्रदान गरिनेछ'

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भनिन्, 'मधेसका कृषियोग्य पकेट क्षेत्रमा पानी संचय पोखरी, स्यालो तथा ट्युबट्युवेलबाट थप जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ । सिँचाइ कार्यमा खपत हुने विद्युत्‌मा थप सहुलियत प्रदान गरिनेछ ।'


आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने नीति सरकारले लिएको छ । ठूला र शाखा नहरको निर्माण र मर्मत कार्य गर्ने पनि सरकारको नीतिमा उल्लेख छ । ठूला सिँचाइ योजना निर्माण कार्य तीव्र रूपमा अगाडि बढाउने नीति सरकारको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?