कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले गरे संयुक्त आन्दोलनको घोषणा

काठमाडौँ — इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले गरे संयुक्त आन्दोलनको घोषणा

नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजना निर्माणका लागि कर थोपरेका कारण वास्तविक मूल्यभन्दा बढी तिर्न बाध्य भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जनताले तिरेको करको वास्तविक अर्थमा सही सदुपयोग नभएको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमभित्रको चुहावट, भ्रष्टाचार र कमिसन बन्द गर्नुभन्दा पनि पटक-पटक मूल्यवृद्धि गरिनु जनहीतमा नरहेको विद्यार्थी संगठनको भनाइ छ ।

मूल्यवृद्धिलाई देखाएर बजारमा अन्य दैनिक उपभोग्य वस्तुको समेत कालोबजारी भएकाले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न पनि सरकारसँग विद्यार्थी संगठनले माग गरेका छन् ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।


प्रकाशित : जेष्ठ ९, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?