कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस 

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन मजबुद बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताए । ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ । छिटपुटबाहेक मतगणना सकिएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’

निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस 

उनले कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म कांग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णरुपमा चुनाव हुँदै आएको दाबी गरे ।

प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली कांग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको बताए । ‘यो चुनावको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्ष नेताहरू समेत सन्तुष्ट हुनुहुन्छ भनेर मैले बुझेको छु,’ उनले भने ।

उनले पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रुपमा देखिएको बताए । ‘हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हो । त्यो अहिले पनि देखियो । त्यसकारण धेरै ठाउँमा हामीले पराजय बेहोर्नुपरेको छ,’ उनले भने, ‘यदि अन्तर्घात नभएको भए हामी झण्डै चार सय स्थानीय तहमा जित्ने अवस्था हुन्थ्यो । हामी पार्टीमा भएको अन्तर्घातबारे पार्टीमा छलफल गरेर अघि बढ्छौं ।’

उनले बाजुराको बुढीगंगासहित रोकिएका ठाउँमा यथाशीघ्र पुनः मतदान गराउने वातावरण बनाउन निर्वाचन आयोगसँग माग गरे ।

प्रकाशित : जेष्ठ ९, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?