सौन्दर्य प्रतियोगी बलात्कार घटना छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौन्दर्य प्रतियोगी बलात्कार घटना छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी यस्ता विषयमा सीघ्र छानबिनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । 'पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको र समितिबाट छानबिनसमेत शुरु भइरहेको अबस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ', गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रहरीले शुक्रबार गठन गरेको उक्त छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गरेको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटको माधवनारायण नगरपालिकाको मेयरमा कांग्रेसका यादव विजयी

शिव पुरी

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा नेपाली कांग्रेसका बैजनाथप्रसाद यादव ४ हजार २ सय ८८ मत ल्याई नगरप्रमुख पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका लिलाप्रसाद तेलीले ३ हजार ३ ससय ३२ मत  प्राप्त गरे ।  

निर्वाचन अधिकृतको कार्यालय माधवनारायणका अनुसार यस नगरपालिकामा उपप्रमुख पदमा जसपाकी निर्मलादेवी रमण ११ झिनो मत अन्तरले विजयी भइन् । रमणले ३ हजार १ सय ६९ मत प्राप्त गरिन् । लोसपाकी जमुनादेवीले ३ हजार १ सय ५८ मत पाइन् ।

निर्वाचन कार्यालयका अनुसार ९ वडा रहेको माधवनारायण नगरपालिकामा एमालेले १, ३, ५ र ६ नम्बर वडा जितेको छ । कांग्रेसले ८, समाजवादीले २, माओवादीले ४, जसपाले ७ र लोसपाले ९ नम्बर वडाको अध्यक्षमा जित हात पारेको छ । अधिकांश वडा गुमाएको कांग्रेसले नगरप्रमुख र एउडा वडामा जितेको छ ।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा ८ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेको १० वटामा मतगणना जारी रहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×